दफा १४३
विष्फोटक पदार्थको ओसार पसार, ढुवानी वा भण्डारण गर्दा होसियारी अपनाउनु पर्ने

(१) विष्फोटक पदार्थको कारोबार गर्न इजाजतपत्र प्राप्त गरेको व्यक्तिले त्यस्ता वस्तुको प्रयोग गर्दा, ढुवानी वाओसार पसार गर्दा वा भण्डारण गर्दा त्यस्तो पदार्थको प्रकृति अनुसार पर्याप्त सुरक्षा हुने गरी प्रयोग गर्नुवा उपयुक्त म्यागजिनमा राखी ढुवानी वा ओसार पसार वा भण्डारण गर्नु पर्नेछ ।
(२) उपदफा (१) विपरीत काम गर्ने वा गराउने व्यक्तिलाई पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।